चितवनमा बन्यो ७२ घण्टामा ७० शैयाको अस्पताल



चितवन,चैत-७।चितवनमा ७२ घण्टामा ७० शैयाको अस्थायी अस्पताल निर्माण सम्पन्न भएको छ।  संभावित कोरोना संक्रमणलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिकामा उक्त अस्थाई अस्पताल निर्माण गरिएको हो।

महानगरपालिकाकी मेयर रेणु दहालले ७२ घण्टामा कोरोना विशेष अस्पताल तयार गरिसकिएको जानकारी दिनुभयो ।अस्पताल आइसीयू, एचडीयू र जनरल वार्डसहित छ।अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्। अस्पताल आजै शुक्रवारबाट विरामी भर्ना गर्न मिल्ने बताईएको छ ।कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ।

मंगलबारबाट काम सुरू गरिएको अस्पताल निर्माण कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।

प्रतिक्रिया दिनुहोस्