कोरोनाको वास्तविकता लुकाएको भन्दै फेसबुकमा अफवाह फैलाउने युवक पक्राउ



काठमाडौं,चैत-८।कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको वास्तविकता सरकार र अस्पतालले लुकाएको भन्दै फेसबुक,मेसेन्जरमा अफवाह फैलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

अफवाह फैलाएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई पक्राउ गरेको हो ।

प्रहरीको साइबर व्यूरोले शनिवार दिउँसो उनलाई पक्राउ गरेको हो ।

सामाजिक संजालमा अनर्गल प्रचार गर्नेहरुबारे थप अनुसन्धान भइरहेको र कारवाही हुने नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी शैलेश थापा क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्