कोरोना भाइरसद्वारा बेलायतमा एक नेपालीको मृत्यु



काठमाडौं,चैत्र-८।कोरोना भाइरसद्वारा बेलायतमा एक नेपालीको मृत्यु भएको छ।भाइरसको संक्रमणले बेलायतमा एक पूर्व गोर्खा सैनिकको मृत्यु भएको हो ।मृत्यु हुनेमा सँखुवासभा घर भएका ६६ वर्षीय लीलाबहादुर राई रहेका छन।उनको मंगलबार मृत्यु भएको हो ।

राईलाई अस्वस्थ भएपछि लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएकोमा मंगलबार मृत्यु भएको गोर्खा भूतपूर्व सैनिक संघ गेसोले जनाएको छ । राईको निधन भएपछि उनको परिवारका सदस्यलाई आइसोलेशनमा राखिएको छ ।

१७ वर्ष गोर्खा राइफल्समा काम गरेका उनी १८ वर्षअघि बेलायत बसोबासका लागि गएका थिए।

प्रतिक्रिया दिनुहोस्