कोरोनाको आशंका गरिएका वीरगन्जका व्यवसायीलाई संक्रमण नदेखिएको पुष्टि



काठमाडौँ,चैत-९।कोरोना भाइरस संक्रमणको आशंका गरिएका वीरगन्जका व्यवसायीलाई संक्रमण नदेखिएको पुष्टि भएको छ।कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको हो। 

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको बताइएको छ।

यसअघि विभिन्न समाचारमा आएको समाचार प्रती खण्डन गर्दै पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतीजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले बताए।

प्रतिक्रिया दिनुहोस्