नेपालमा अर्का कोरोना संक्रमित भेटिए,सावधान रहन सरकारको आग्रह



काठमाडाैँ,चैत-१२।नेपालमा कोरोना (कोभिड-१९) संक्रमित अर्का एक बिरामी भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापनको आधिकारिक वेवसाइटमा अर्को कोरोना संक्रमित भेटिएको उल्लेख गरिएको छ । यसअघि फ्रान्सबाट नेपाल अाएकी १९ वर्षीया युवतीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको थियो ।

यस बिरामीसगै कोरोना भाइरस देखिएका नेपालका लागि तेस्रो व्यक्ति हुन । वेवसाइटमा संक्रमित बिरामी भेटिएको जनाएपनी बिरामीको वतन उल्लेख गरिएको छैन। यद्यपी संक्रमितको संख्या ३ भएको छ । योसँगै अाइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुइ भएको छ त्यस्तै एक जना कोरोना संक्रमित उपचारपछि घर फर्कि सकेका छन ।
यससगै सबैलाई सतर्क रहन सरकारले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्