कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो,झण्डै ५ लाख संक्रमीत



एजेन्सी,चैत-१३।कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।उक्त संक्रमणबाट २२ हजार ३२ जनाको मृत्यु भएको छ भने ४ लाख ९७ हजार ५ सय ६ जना संक्रमित भएका छन् । त्यस्तै यस रोगबाट संक्रमित १ लाख १७ हजार ५ सय ८२ जना उपचारपछि घर फर्किएका छन् ।

आजसम्म स्पेनमा ४ सय ४२ जनाको मृत्यु भएको छ । त्यहाँ आज मात्रै ६ हजार ६ सय ७३ जना नयाँ संक्रमित भेटिएका छन् । इरानमा आज मात्र १ सय ५७ जनाको मृत्यु भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्