कतार एयरले लग्यो ३ सय २ जना अमेरिकी नागरिक



काठमाडौ,चैत-१८। कतार एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २ जना अमेरिकी नागरिक आज त्यसतर्फ लगेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासको पहलमा अमेरिकी नागरिक कतार एयरको चार्टर विमानमार्फत अमेरिकाले आफ्नो देशतर्फ लागेका हुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख सागर आचार्यका अनुसार विमानमा २ सय ९३ जना वयस्क रहेका छ्न भने ९ जना बालबालिका छन् । विमान मंगलबार दिउँसो १:३० बजे अमेरिकातर्फ प्रस्थान गरेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध लगाएसगै नेपालका विभिन्न ठाउँको भ्रमणका लागि आएका उनीहरु अलपत्र परेपछि अमेरिकी दूतावासले कतार एयरको जहाज चार्टर गरेर स्वदेश फर्काएको हो ।

प्रतिक्रिया दिनुहोस्