नेपालमा कोरोना संक्रमित थप ३ जना भेटिए,जम्मा संख्या ९ पुग्यो



काठमाडौ चैत-२२ । नेपालमा कोरोना संक्रमित थप ३ जना भेटिएको छ।पश्चिम नेपालको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड – १९) पोजेटिभ देखिएसगै संक्रमितको संख्या ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जना स्थानीयमा संक्रमण देखिएको छ भने अरु दुई जना बाह्य संक्रमित हुन् ।

स्रोतका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित व्यक्तिका भाउजु हुन् । ३४ बर्षीया महिलामा यो संक्रमण देखिएपछि नेपालमा कोरोना भाइरसको स्थानीय तहमा समेत संक्रमण देखा पर्न सुरु गरेको छ ।

आठौँ केश लम्की कैलालीका पुरुषमा देखिएको छ । २१ बर्षीय पुरुष केही समय अघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा रहेका थिए ।

नवौँ केश पेरकोट कञ्चनपुरका ४१ बर्षीय पुरुषमा देखिएको छ । उनी भारतको उत्तराखण्डबाट नेपाल आएका हुन् । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

गएराती १२ बजे नै केश पोजेटिभ देखिएपछि तिनै जनालाई अहिले सेती प्रादेशीक अस्पताल धनगढीमा ल्याएर आइसोलेसनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्