रुख ढलेर च्यापिँदा महिलाको मृत्यु
सुनसरी,असोज ५। सुनसरीको बर्जु गाउँपालिकामा रुख ढलेर च्यापिँदा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो।
आइतबार दिउँसो बर्जु ताल क्षेत्रमा गाईबस्तुका लागि घाँस काट्न गएकी यादव अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढल्दा च्यापिनुभएको थियो। रुखले च्यापिएर घाइते भएकी यादवलाई उपचारका लागि बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल लगिएको थियो।
उपचारकै क्रममा यादवको मृत्यु भएको सूचना अधिकारी खड्काले बताउनुभयो।

