नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो



काठमाडौ,बैशाख-१४ । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। प्रदेश–२ को वीरगन्जमा थप दुई जनामा कोरोना भाइरस देखिएसगै संक्रमितको संख्या ५१ पुगेको हो।

वीरगन्ज महानगर वडा नम्बर २ र ३ का १/१ पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका ती दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिएका छन्।

संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।कोरोनाबाट निको हुनेको संख्या भने १२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्