नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्यो



काठमाडौ,बैशाख-१७। नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ।सरकारले परीक्षणको दायरा फराकिलो बनाएसँगै शङ्कास्पद थप चारजनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको हो।

उनका अनुसार ती चारैजना पुरुष भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए। सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका छन् ।

बुधबार थप चारजनामा सङ्क्रमण देखिएसगै सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्