प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतको औपचारिक निमन्त्रणा



काठमाडौं, साउन १२ — प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा प्राप्त भएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा दिइसकिएको जानकारी दिएका हुन्।

यद्यपि निमन्त्रणा कहिले पठाइएको हो र प्रधानमन्त्री शाहको भारत भ्रमण कहिले हुने भन्नेबारे प्रवक्ता जयसवालले कुनै विवरण सार्वजनिक गरेनन्।

भारतको विदेश मन्त्रालयको उक्त अभिव्यक्तिसँगै प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणलाई लिएर कूटनीतिक चासो बढेको छ। भ्रमणको मिति र एजेन्डाबारे भने दुवै देशबाट औपचारिक जानकारी आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्