पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू, पकल्लीदेखि कोशी ब्यारेजसम्म आवतजावतमा रोक



इटहरी, साउन १२ — सुनसरीस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मङ्गलवार जारी गरेको सूचनाअनुसार दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।

कर्फ्यू आदेशअनुसार इटहरीको पकल्ली चोकदेखि कोशी ब्यारेज क्षेत्रसम्म आवतजावतका साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

प्रशासनले पूर्वमा इटहरी उपमहानगरपालिकाको पकल्ली चोकदेखि पश्चिममा कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेजको पुलसम्म तथा महेन्द्र राजमार्गको दायाँ–बायाँ (उत्तर–दक्षिण) दुई सय मिटर क्षेत्रभित्र सबै प्रकारका प्रदर्शन र गतिविधिमा प्रतिबन्ध लगाएको जनाएको छ।

शान्ति सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्ने उद्देश्यले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्