जिल्ला सरकारी वकिलको कार्यलयद्वारा बाबुरामसहित चारजना विरुद्ध जाहेरी दर्ता



काठमाडौ, बैशाख-२२ ।जिल्ला सरकारी वकिलको कार्यलयद्वारा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी दलका नेता बाबुराम भट्टराई , हिसिला यमी भट्टराई, विश्वदीप पाण्डे र आङकाजी शेर्पाविरुद्द  विद्युतीय कारोबार ऐनअन्तर्गतको उजुरी दर्ता भएको छ।

राष्ट्रिय युवा संघ नेपालका संजीवकुमार झा र अनेरास्ववियूका तर्फबाट नारायण घर्तीले दिएको उजुरीलाई काठमाडौ जिल्लास्थित  सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, दफा ५३, ५४, ५८(क), ७४ अनुसार कार्वाहीका लागि दिइएको उजुरी दर्ता गरेको हो।

वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालका अनुसार नेकपामा सांसद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरण तथा शरीर बन्धक गरेको भन्दै झुठो आरोप लगाई सामाजिक सञ्जालमार्फत् बद्नाम गराएको आरोप लगाउँदै उनीहरूले जाहेरी दिएका हुन्।

यसअघि चारजनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार महानगरीय प्रहरी परिसर र सरकारी वकिल कार्यालयले जाहेरी दर्ता गर्न मानेको थिएन।

विद्यार्थी नेता दुवैका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगमासमेत उजुरी दर्ता गरिएको श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्