नेपालमा थप १० संक्रमित थपिए,संख्या २९१ पुग्यो



काठमाडौ,जेठ-४ । नेपालमा थप दस जना कोरोना भाइरसका संक्रमित थपिएका छन। योसंगै भाइरस संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ १० जनामा कोरोना पुष्टि भएको हो ।

रौतहटको राजपुर नगरपालिका ९, फरहदवा निवासी १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षीय पुरुष छन् ।

त्यस्तै, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुष छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्