जेठ २० सम्म लकडाउन,१५ दिन थप्ने मन्त्रिपरिषद्‍को निर्णय



काठमाडौँ,जेठ-४ सरकारले जारी लकडाउन  जेठ २० गतेसम्म  १५ दिन पुनः थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन पहिलाकै मुताविक जारी राख्ने निर्णय गरेको हो।यद्यपि भोलि सोमबारदेखि लकडाउनको समयावधि  सकिदै छ ।  

आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समितिले लकडाउन १५ दिन थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।

लकडाउनका कारण सम्भावित भाइरसको संक्रमणबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष समेत निकालेको छ।

उता छिमेकी देश भारतले पनि आइतबार नै लकडाउन २ साताका लागि थप गर्ने निर्णय गरेको छ ।

photo:file

प्रतिक्रिया दिनुहोस्