आठ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया सुरु



काठमाडौं,असार १४ । सरकारले आठ वटा विश्वविद्यालयका उपकुलपति छनोटका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सुरु गरेको छ।

पहिलो दिन शनिबार त्रिभुवन, सुदूरपश्चिम र लुम्बिनी बौद्ध विश्वविद्यालयका उम्मेदवारको अन्तर्वार्ता सम्पन्न भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पारदर्शी, निष्पक्ष र वस्तुनिष्ठ छनोट सुनिश्चित गर्न विषयगत विज्ञसहितका छुट्टाछुट्टै मूल्याङ्कन प्यानल गठन गरिएको छ।

बाँकी पाँच विश्वविद्यालयका उम्मेदवारको अन्तर्वार्ता आइतबार र सोमबार हुने तथा निर्धारित समयभित्र सबै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया सम्पन्न गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्