नुवाकोटमा आठ जनामा आरडीटी पोजिटिभ



नुवाकोट,जेठ -६ । कोरोना परीक्षणका क्रममा नुवाकोटमा आठ जनामा आरडीटी पोजिटिभ पाइएको छ।  जिल्लास्थित  त्रिशुलि अस्पतालका स्वास्थ्यकर्मी तथा  कर्मचारी लगायत  १ सय ६३ जनामा आरडीटि परिक्षण गर्दा ८ जनामा आरडीटि पोजेटिभ देखिएको अस्पताल श्रोतले जनाएको छ ।

आईसोलेसन वाल्ड मा रहेका १ जना र अन्य ६ वटा अस्पतालकै कर्मचारीहरुको नमुना स्वाब संकलन का क्रममा ८ जनामा आरडीटी पोजिटिभ देखिएसंगै उक्त ८ वटा नमूना सहित शंकास्पद १५ वटा नमुनाहरु पिसिआर परिक्षणको लागि काठमाण्डौँ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको अस्पतालद्वारा जारि  प्रेस विज्ञप्तिमा जनाइएको छ ।

आरडीटी पोजिटिभ पाइएको सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्