अब इच्छुकले पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने



काठमाडौ,जेठ-७ । अब इच्छुकले पैसा तिरेर कोरोना परीक्षण गर्न पाउने भएका छन् । सरकारले तोकेको सार्वजनिक स्वास्थ्य संस्थामार्फत इच्छुक नेपालीले कोरोना संक्रमण पत्ता लगाउन सशुल्क पीसीआर परीक्षण गर्नसक्ने भएका हुन । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण सेवा सशुल्क उपलब्ध गराउने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनका अनुसार सरकारले तोकेको मापदण्ड र सीमालाई ध्यान दिई सम्बन्धित स्वास्थ्य संस्थाले पीसीआर परीक्षणको दररेट निर्धारण गर्न सक्नेछन् । निर्धारित दररेट अनुसार पैसा तिरेपछि इच्छुकले पीसीआर परीक्षण गर्न सक्नेछन् ।  सरकारले यस्तो नीतिगत व्यवस्थापछि पीसीआर परीक्षणको दायरा बढ्ने दाबी गरेको छ ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बढी प्रभावित प्रदेश २ र ५ मा १०/१० जनाको चिकित्सकसहितको टोली पठाउने निर्णय समेत गरेको छ । संक्रमितको संख्या धेरै देखिएको क्षेत्रलाई फोकस गरेर जनशक्ति बढाउने हेतुले टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्