भारतले नेपालको सिमानामा सैनिक संख्या थप्यो,नेपाली आकाशमा हवाई गस्ती



काठमाण्डौं,जेठ १० । भारतले नेपालको सिमानामा सैनिक संख्या थप्न सुरु गरेको छ। भारतले दशकौ देखि कब्जा गरेको नेपाली भूमि कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सिमा विवाद बढेसगैँ सेनाको संख्या थप्न शुरु गरेको हो । नेपालले कालापानी , लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि त्यसलाई नमान्ने घोषणा गरेको भारतले ती क्षेत्रमा सेना सहितको सुरक्षाकर्मी थपेको छ । यद्यपि, कति संख्यामा सुरक्षाफौज थपिएको हो भन्ने कुराको एकीन भने नभएको नेपाली सुरक्षाअधिकारीहरुले बताएका छन् ।

लिपुलेकको नेपाली भूमि गुञ्जीमै भारतीय सेनाको हेलिप्याड समेत रहेको छ । त्यस भूमिलाई आफ्नै दाबी गर्दै भारतले बलमिच्याई पुर्वक हडपेर नक्सा समेत सार्वजनिक गरे पछि नेपाल र नेपाली जनताले बिरोध गर्दै आएका छन् । नेपालले सिमा क्षेत्रमा बोर्डर आउटपोष्ट स्थापना गरी शसस्त्र प्रहरी परिचालन गरे पछि भारतीय सेनाले आकाशमा गस्ती बढाउनुका साथै सिमामा सुरक्षाकर्मी थपेको हो ।

ती क्षेत्रमा भारतले सेना र प्रहरी गरेर १० हजार बढी सुरक्षाफौज तनाथ गरेको यस अघि बताईएको थियो । नेपाली भूमिमा सन् १९६२ को चीनसगँको युद्धमा पराजीत भए पछि फर्किएर भारतीय सेना बसेको थियो । त्यतिखेर सहमतिमा बसेको भए पछि भारतले त्यसलाई आफ्नै भूमिको रुपमा प्रयोग गर्दै, आफ्नै भूमिमा जान नेपालीलाई रोक्ने कार्य गर्दै आएको छ ।

कतिपय भारतीय बुद्धीजीवीहरुले समेत कालापानी नेपालको भूमि भएको बताईरहदा भारतले त्यसलाई सन् २०१९ मा आफ्नै नक्सामा समेत पारेर मानसरोबर जाने बाटो उद्द्धाटन गरे पछि नेपालले त्यसको बिरोध गर्दै आएको छ । नेपालले केही दिन अघि ती क्षेत्र समेटिएको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि अत्तालिएको भारतले सिमामा सुरक्षा फौज मात्र थपेको छैन । नेपाली आकाशमा उसका सैन्य हेलिकप्टर समेत नियमित उडाएर नेपालीलाई तर्साउने प्रयास गरेको छ । दैनिक १२ देखि १५ पटक सम्म नेपाली आकाशमा भारतीय सेनाको हलिकप्टर उड्ने गरेको स्थानीयले बताएका छन् ।

भारतले व्यास गाउँपालिका–२ दुम्लिङपारि गर्वाधारदेखि लामरी, छियालेकलगायत क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेको स्थानीय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतले नेपालतर्फको सीमा क्षेत्रमा पैदल गस्ती पनि बढाएको छ । सीमा क्षेत्रको गस्तीमा ५र७ जना आउने ठाउँमा १०र१२ जना तथा दिनमा दुई पटक गर्ने ठाउँमा ४र५ पटक आउने गरेका छन् ।

भारतले पिथौरागढदेखि धार्चुला, छियालेक, गुन्जी तथा कालापानी क्षेत्रमा सुरक्षाकर्मीको ठूलो दस्ता राख्दै आएको छ । स्थानीयका अनुसार भारत–चीनको युद्धपछि भारतले पिथौरागढदेखि माथिल्लो क्षेत्रलाई सुरक्षा निगरानीमा राख्न ठूलो संख्यामा सैनिक क्याम्प राखेको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्