थप १९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६ सय ३ पुग्यो



काठमाडौ,नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमतिको संख्या ६ सय ३ जना पुगेको छ ।

विभिन्न जिल्लामा १९ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका १९ जना नयाँ संक्रमितहरु मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन्। यीमध्ये नुवाकोटमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो। ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्