रुकुम घटना प्रती जसपा प्युठानको ध्यानाकर्षण,दोषीलाई कारवाहिको माग



राम बहादुर बिश्वकर्मा,जेठ १३ प्युठान /शनिबार राती स्थानीय बासीको कुटाईबाट जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका नवराज बि क को मृत्यु प्रति जनता समाजबादी प्युठानले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार जसपाका प्युठान जिल्ला अध्यक्ष श्याम गहतराजले एक विज्ञप्ती जारी गर्दै जसपा प्युठानले स्थानीय पार्टी, सरकार र सुरक्षा निकाय लगायतको ध्यान कोरोना भाईरस (कोभिड–१९)को रोकथाम, नियन्त्रण तथा उपचारमा केन्द्रीत भएको स्थितिमा जाजरकोटबाट आएका केही युवा र स्थानीय बिच विवाद हुँदा भएको उक्त घटनाप्रति दुख व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ । ‘आफ्ना १९ जना साथीसहित स्थानीय सुस्मा नाम गरेकी युवती र नबराज बिच भएको प्रेम सम्बन्धलाई लिएर दलित भएकै कारणले युबक र उनको साथी टेक बहादुर बि.क ले ज्यान गुमाउनु परेको र ४ जना बेपत्ता भएको स्पष्ट जानकारी आइसकेको छ।

२१ औ शताब्दीको समुन्नत समाजमा आजको समयमा पनि दलित भएकै कारण गैह्र दलित युवती सङ्ग प्रेम सम्बन्ध भएको कुराले ज्यान नै गुमाउनुपर्ने घटना घट्नु निन्दनीय अपराध हो भन्दै
प्रेम सम्वन्ध र विवाह प्रसंगका कारण भएको भनिएको अकल्पनीय एवं निन्दनीय सो घटनाको निश्पक्ष छानविन गरि दोषिलाई कानुन वमोजिम कडा कारवाही गर्न स्थानीय प्रशासनको गम्भिर ध्यानाकर्षण गराउदछौं ।’

साथै घटनाका क्रममा वेपत्ता रहेका व्यक्तिहरुको तत्काल खोजीकार्य तथा उद्धारको लागि पनि स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायलाई अनुरोध समेत गरिएको छ । यस अघि शनिबार राती रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीस्थित एक युवती र मृतक नवराज बीच लामो समयदेखि प्रेम रहेको र ती युवतीले बोलाए पछि नवराजले १९ जना युवाहरु लिएर जाजरकोटबाट शनिबार बेलुकी सोती गएका अनुसन्धानको क्रममा प्रहरीले जानकारी दिएको छ । केटाहरु आएको खबर ती युवतीको आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवाहरुलाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्