कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन



काठमाडौं,जेठ १५ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको रोकथामका लागि  ६ अर्ब रुपैयाँ बजेट छुट्टाएको बताउनुभयो ।

अर्थमन्त्री खतिवडाका अनुसार उक्त बजेटबाट  कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताउनुभयो ।

त्यस्तै आउदो वर्षभित्र सरकारले उपत्यकामा तीन  सय शैय्याको सरुवा रोग अस्पताल पनि बनाउने तयारी रहेकोे बताइएको छ।

प्रदेश क्षेत्रका अस्पतालहरूमा उपयुक्त बेड ब्यवस्थापनसहित अनिवार्य आइसियु स्थापना गरिने र प्रदेश राजधानीमा ५० बेडको सरूवा रोग अस्पताल पनि सञ्चालनमा ल्याइने अर्थमन्त्री खतिवडाले उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्