रोल्पामा चट्याङ लाग्दा दुई जनाको ज्यान गयो



रोल्पा,जेठ १६ । रोल्पामा हावाहुरी र पानीसंगै परेको चट्याङले शुक्रवार दुई जनाको ज्यान गएको छ।

जिल्लाको त्रिबेणी गाउपालिका वडा नंवर ७ गैरीगाउँमा चट्याङ लागेर स्थानिय सबिन बुढाको २४ बर्षिया श्रीमती आशा बुढा र उनकी ७५ बर्षिया फुपु खिरमा बुढा बाठाको ज्यान गएको रोल्पा प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार चट्याङ लागेर सिकिस्त घाईते भएका उनीहरुलाई उपचारका लागी रोल्पा अस्पताल ल्याइदै गर्दा बाटोमै ज्यान गएको हो । घरमै बसिरहेका बेला उनिहरुलाई चट्याङ्गै लागेको थियो।

गैरिगाउँको तिलामा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय सहितका जनप्रतिनिधीको टोलीले उद्यार गरेको थियो। मृतक दुबैजनाको रोल्पा अस्पतालमा पोस्ट्रमाट्रम गरे पश्चात दाहसंस्कार गरिने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्