थप १६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २३१६ पुग्यो



काठमाडौ,जेठ २२ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा थप १६ जनामा संक्रमण देखिएको गण्डकीस्थित  सामाजिक विकास मन्त्रालयले जनाएको  छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ३ सय १६ जना पुगेको छ ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो बताइएको छ । बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका १६ जनामा संक्रमण भेटिएको हाे ।

अहिलेसम्म गण्डकी प्रदेशमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्