थप २७८ जनामा कोरोना संक्रमण,नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो



काठमाडौं,जेठ २३ । नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लामा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमितसहित देशभर कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको जानकारी दिनुभयो ।

संक्रमितमध्ये ३ सय ३३ जना उपचारपछि घर फर्किएका छन् भने ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्