युएईबाट उद्धार गरिएका १६८ नेपाल आइपुगे



काठमाडौ,जेठ २३ । युएईबाट उद्धार गरिएका १६८ जना नेपाल आइपुगेका छन् । कोरोना भाइरसको महामारीबाट समस्यामा परेका १६८ जना नेपाली कामदारहरुलाई संयुक्त अरब इमिरेट्स (युएई)बाट उद्धार गरिएको हो ।  शुक्रबार उनीहरु नेपाल आइपुगेका हुन ।

साँझ नेपाल आइपुगेकामध्ये १५५ जना पुरुष र १३ जना महिला रहेका छन् । उनीहरु एयर अरेबियाको जी ९ १७५१ नम्बरको उडान मार्फत त्रिभुवन विमानस्थलमा उत्रिएका हुन ।

उद्धार गरीएकाहरुलाई नेपाली सेना मातहत तोकिएको होल्डिङमा राखिने श्रोतले जनाएको छ । उद्धार गरिएकाहरुमा ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना छन् । उनीहरु सुरक्षागार्ड हुन् । बाँकी अन्य कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्