पहिलो पटक एकै दिन १०२ जना कोरोना संक्रमित निको भइ घर फर्के



काठमाडौं, २५ जेठ । नेपालमा पहिलो पटक एकै दिन १ सय २ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार आज थप १ सय २ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज हुन सफल भएका हुन ।

कोरोना जितेर घर फर्किनेको थप १ सय २ जना सहित नेपालमा संक्रमणबाट मुक्ति पाउनेको संख्या ४ सय ६७ पुगेको छ। जसमध्ये पुरुष ३ सय ९९ र महिला ६८ जना रहेका छन्।

धरानबाट झापाका १२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। यस्तै बाराबाट ३४ जना, काठमाडौंको बलम्बु अस्पतालबाट महोत्तरीका १ जना, बुटवलबाट २७ जना, दाङबाट १० जना र गौरबाट १८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्