टाइम म्यागेजिनको १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री शाह
काठमाडौं,बैशाख ३ । प्रधानमन्त्री बालेन्द्र शाह लाई टाइम म्यागेजिन ले सन् २०२६ का लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।
म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व हिप–हप कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसम्मको यात्रासहित दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको छ ।शाहको उदय युवा पुस्ताको समर्थन तथा पुराना राजनीतिक दल र संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा उहाँले गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा उहाँप्रति नेपाली जनताको विश्वास र प्रभावकारी नेतृत्वप्रतिको अपेक्षाबारे पनि उल्लेख गरिएको छ ।

