नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ,जेठ २७ । नुवाकाेटमा थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेशाला टेकुमा परिक्षणका क्रममा विदुर नगरपालिकाका १७ र २३ वर्षका पुरुष कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार यसअघि नुवाकाेटमा ३ जनामा काेराेना संक्रमण देखिएकाे थियाे ।

जसमध्ये एक जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्