टिप्परको ठक्करबाट हेटौंडामा एकको ज्यान गयो



हेटौंडा,जेठ २९ ।  टिपरको ठक्करबाट हेटौंडामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा कार्यरत प्रहरी हवल्दार केशर दोर्जे थिङ रहेको प्रहरीको भनाइ  छ ।

बुधबार हेटौंडा उपमहानगरपालिका वडा नंबर १ राप्तीपुल नजिक टिपरले स्कुटरलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिङको उपचारका क्रममा ज्यान गएको हो  ।

हेटौंडा बजारबाट नवलपुरतर्फ जादै गरेको ना ८ ख ७५५८ टिपरले विपरीत दिसाबाट आउदै गरेको प्रदेश ३–०२–१२ प १३३८ नंबरको स्कुटरलाई ठक्कर दिएपछि घाइते भएका स्कुटर चालक  थिङलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो।

उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्