नुवाकोटका युवाहरु प्रदर्शन मा यसरी उर्लिए (भिडियो सहित)



नुवाकोट,जेठ ३० । राष्ट्रियताको पक्षमा भन्दै नुवाकोटका युवाहरुले समेत प्रदर्शन गरेका छन् । सचेत युवाको नाममा पछिल्लो दिन यता देशव्यापी प्रदर्शन भैरहेको बेला शुक्रबार नुवाकोटको  विदुरमा युवाहरूले शान्तिपुर्ण प्रर्दशन गरेका हुन ।

सचेत युवाहरूले कोरोना रोकथाम र उपचार लगायतमा भ्रस्टाचार हुँदा समेत सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

सदरमुकाम विदुर चोकदेखि सुरु भएको र्‍यालीमा मुलतः कोरोना परीक्षणलाई नियन्त्रित गरेर संक्रमणलाई अनियन्त्रित बनाएको भन्दै प्रदर्शनकारी युवाहरुले प्लेकार्ड, फेस मास्क सहित सरकारको विरोध गरेका थिए ।

 प्रदर्शनमा जिल्लास्तरका शिक्षक, विद्यार्थी, व्यापारी लगायतको उल्लेख्य उपस्तिथि रहेको बताइएको छ।

प्रदर्शनको भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्