रुपन्देहीको जन जागरण युवा क्लबको अध्यक्षमा चापागाईं



देवदह,जेठ ३१ । श्री जन जागरण युवा क्लबले आफ्नो २३ औं साधारण सभा तथा अधिवेशन आज सम्पन्न गरेको छ । क्लबले आज बसेको साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको हो।

साधारण सभाबाट अध्यक्षमा अजय चापागाईं निर्बिरोध चयन भएका छन् । त्यस्तै क्लबको उपाध्यक्षमा गोपाल पाण्डे, सचिवमा अशोक पाण्डे, कोषाध्यक्षमा बलराम पाण्डे, सदस्य सचिवमा हिमलाल सापकोटा निर्बिरोध चयन भएका छन् ।

क्लबका सदस्यहरुमा क्रमशः कमल पाण्डे, दिनेश गैरे,विष्णु भट्टराई,अनुराधा रेग्मी, कबिता न्यौपाने र महिन्द्र थापा रहेका छन् ।

सर्वसम्मतले गठित कार्यसमितिको आजै पहिलो बैठक बसी निम्न अनुसार को ५ सदस्यिय सल्लाहकार समिति गठन गरेको छ जस्मा दिपक चापागाई, बिरेन्द्र पाण्डे, प्रेम नारायण पराजुली, चक्रपाणि तिवारी, नारायण लुइँटेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्