विभिन्न जिल्लामा ४२५ संक्रमित थपिए,कुल संख्या ५७६० पुग्यो



काठमाडौ,जेठ ३२ । विभिन्न जिल्लामा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय २५ जनासहित देशैभर कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ९ सय ७४ जना उपचारपछि घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्