एसियाड बक्सिङमा चन्द्रबहादुर र रमिशा पराजित
जापान,असोज ६ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा र रमिशा श्रेष्ठ पराजित भएका छन्।
नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको पुरुष ५५ किलो तौल समूहको खेलमा चन्द्रबहादुर भारतीय खेलाडी जादुमनी सिंह मन्डेङगबामसँग ५–० अङ्कले पराजित भए। पहिलो चरणमै पराजित भएसँगै प्रतियोगितामा उनको यात्रा समाप्त भएको छ।
चन्द्रबहादुरले गत वर्ष संयुक्त अरब इमिरेट्समा सम्पन्न आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएका थिए।यस्तै, सोही जिम्नेसियममा भएको महिला ५१ किलो तौल समूहको खेलमा नेपालकी रमिशा श्रेष्ठ पनि पराजित भइन्। उनी भियतनामकी एनगुयीन थी टमसँग ५–० अङ्कले पराजित भएकी हुन्।
अब एसियाड बक्सिङमा नेपालका रविन नेपाल ९० किलो, खगेन्द्र रोकामगर ६० किलो, अस्मिता दुवाल ५४ किलो र कुसुम तामाङ ६५ किलो तौल समूहमा प्रतिस्पर्धा गर्न बाँकी छन्।

