नुवाकोट पञ्चकन्या–५ मा कांग्रेस वडा कार्यसमिति निर्विरोध, सभापतिमा डिल्लीबहादुर थापा
नुवाकोट,असोज ६ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा वडा कार्यसमिति निर्विरोध चयन गर्ने निर्णय भएको छ।
मंगलबार बसेको वडा नं. ५ का क्रियाशील सदस्यहरूको भेलाले वडा कार्यसमितिको निर्वाचन निर्विरोध गर्ने सर्वसम्मत निर्णय गरेको हो। भेलाले डिल्लीबहादुर थापाको सभापतित्वमा नयाँ वडा कार्यसमिति चयन गरेको हो ।
समितिको उपसभापतिमा सन्तोष सिटौला, कृष्णबहादुर तामाङ र गीता बराम चयन भएका छन्। सचिवमा अर्जुन गुनी तथा सहसचिवमा प्रकाश पौडेल चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा रामजङ्ग बुढाथोकी र लक्ष्मी तामाङ चयन भएका छन्। निर्वाचित सदस्यहरूमा देवकी खतिवडा, रमेश मगर, राजु सिकारी, वासु सिटौला, कान्छी सुनुवार, रामचन्द्र मगर र विमल तामाङ रहेका छन्।
भेलाले वडा तहमा पार्टी संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै महाधिवेशनका लागि आवश्यक तयारी अघि बढाउने प्रतिबद्धता जनाएको छ।

