अध्यक्ष दाहाल ‘अपमानित’



काठमाडौ,असार ७ । चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अपमानित हुनुपरेको छ।

सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सँग शुक्रबार गरेको भर्चुअल अन्तरक्रियामा पार्टीभित्र समन्वय अभाव देखियो। भर्चुअल अन्तरक्रियाको समन्वय नेकपा विदेश विभागले गर्नुपर्थ्यो। तर विदेश विभागलाई पन्छाएर स्कुल विभागले अन्तरक्रिया गर्यो। सिसिपी विदेश विभाग प्रमुखले नेतृत्व गरेको सो कार्यक्रममा नेपालबाट दाहालले नेतृत्व गर्दा मर्यादाक्रम नमिलेपछि अपमानित हुनुपरेको हो।

पार्टी विधान उल्लंघन गर्दै स्कुल विभागले अन्तक्र्रिया आयोजना गर्नु र त्यसमा अध्यक्ष दाहाल नै सहभागी भएपछि मर्यादाक्रमसमेत नमिलेको भन्दै आलोचना सुरु भएको छ। सिसिपीतर्फबाट विदेश विभाग प्रमुख साङ पाओले नेतृत्व गरेको भर्चुअल अन्तक्र्रियामा नेकपाबाट अध्यक्ष दाहाल सहभागी भएका थिए। साङ विदेश विभाग प्रमुख मात्रै भएको तर दाहाल भने पूर्व प्रधानमन्त्री तथा नेकपाको कार्यकारी अध्यक्षसमेत भएका कारण स्कुल विभागले मर्यादाक्रम नमिलाएको विषयमा नेकपाकै नेताहरु असन्तुष्ट छन्।

‘नेकपाका तर्फबाट अध्यक्ष दाहाललाई अतिथि भनेर सहभागी गराइएको तर सिसिपी विदेश विभागले समकक्षताको मात्रै मान्यता राखेपछि त्यसलाई स्कुल विभाग कुन रुपमा लिएको छ रु कार्यकारी अध्यक्षलाई कस्तो र कुन तहको कार्यक्रममा सहभागी गराउने भनेर स्कुल विभागले पहिले नै सोच्नुपर्थ्यो’, नेकपा स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार यो विषय १० गते बस्ने स्थायी कमिटी बैठकमा पनि उठ्नेछ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्