देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ,जेठ ११ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा लाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त आदेश जारी गरेको हो ।
अदालतले विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने विषयमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको विषयलाई आधार मानेर अन्तरिम आदेश दिएको जनाएको छ । आदेशमा जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा दम्पतीलाई पक्राउ नगर्न भनिएको छ ।
यससँगै देउवा दम्पतीविरुद्ध जारी पक्राउ प्रक्रिया तत्कालका लागि रोकिएको छ ।

