क्यानद्वारा सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक, रोहित–दीपेन्द्र–सन्दीप ए प्लसमा



काठमाडौं,जेठ ११ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुरुष तथा महिला क्रिकेट खेलाडीको नयाँ सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गर्दै श्रेणी विभाजन गरेको छ । क्यानले ३८ पुरुष र २५ महिला खेलाडीलाई विभिन्न श्रेणीमा राख्दै मासिक पारिश्रमिकसमेत निर्धारण गरेको हो ।

पुरुषतर्फ ए प्लस श्रेणीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन् । ए श्रेणीमा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी रहेका छन् ।

यस्तै बी श्रेणीमा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव समावेश छन् भने सी श्रेणीमा अनिलकुमार शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहव आलम, शेर मल्ल र सन्दीप जोरा रहेका छन् ।

डेभलप्मेन्ट श्रेणीमा अर्जुन घर्ति, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रसिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी समावेश गरिएका छन् ।

क्यानले ए प्लस श्रेणीका खेलाडीलाई मासिक एक लाख २० हजार रुपैयाँ, ए श्रेणीलाई एक लाख, बी श्रेणीलाई ७५ हजार, सी श्रेणीलाई ५५ हजार तथा डेभलप्मेन्ट श्रेणीलाई ३५ हजार रुपैयाँ पारिश्रमिक निर्धारण गरेको छ ।

महिलातर्फ इन्दु, पूजा, रुविना र सीता ए मा

महिलातर्फ कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुविना क्षेत्री र पूर्वउपकप्तान सीता रानामगर ए श्रेणीमा परेका छन् । बी श्रेणीमा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का रहेका छन् भने सी श्रेणीमा विन्दु रावल, कविता जोशी, रिया शर्मा र रुवी पोद्दार समावेश छन् ।

डेभलप्मेन्ट श्रेणीमा अनु कडायत, अश्मिना कर्माचार्य, इश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, साना प्रविण, सिमाना केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्ट रहेका छन् ।

महिला खेलाडीको पारिश्रमिक पनि क्यानले वृद्धि गरेको छ । ए श्रेणीका खेलाडीले मासिक ५५ हजार, बी श्रेणीले ४० हजार, सी श्रेणीले ३० हजार तथा डेभलप्मेन्ट श्रेणीका खेलाडीले २५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । क्यानले सबै श्रेणीका महिला खेलाडीको मासिक पारिश्रमिक पाँच हजार रुपैयाँले बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्