थप संक्रमित ४२१,नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो



काठमाडौ,असार ७ । आइतबार विभिन्न जिल्लामा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार नाघेको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय २१ जनामा संक्रमण देखिएको जानकारी दिए । देशभर संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।

अहिलेसम्म १ हजार ७ सय ७२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्