बिदुर नगरपालिकाको नगर सभा काङ्ग्रेसका जनप्रतिनिधिले गरे बहिष्कार (भिडियो)



नुवाकोट,असार १० । नुवाकोटस्थित  बिदुर नगरपालिकाको सातौ नगर सभा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका छन् । बुधबार नगरपालिकाको  नगर सभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एव बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको थियो ।

बजेट विनियोजनका क्रममा  वडागत रुपमा बजेट सार्वजनिक नगरि एकमुष्ट बजेट ल्याई अनियमितता गर्न लागेको भन्दै काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिष्कार गरेका हुन।

काङ्ग्रेसका जनप्रतिनिधिहरुले नगरसभा चलिरहेको बखत बजेट विनियोजन जनतामुखि नभई नेकपाको कार्यकर्तामुखी भएको आरोप लगाउदै होहल्ला सुरु गरेका थिए । बजेटमा नगरका नगर प्रमुख सन्जु पण्डितले आफूहरुलाई झुक्काउने खेल खेलेको, मेयरको मनोमानी एकल निर्णयमा गरेको जस्ता आरोप लगाएका छन।

वडाध्यक्ष सहितका प्रतिनिधिले विरोध जनाईरहदाँ संगै महिलाँ जनप्रतिनिधिले नगरले एकल महिला र महिला विशेष कार्यक्रमलाई नसमेटेको प्रति विरोध जनाएका छन् । साथै वडाको अधिकार वडाध्यक्षलाई नदिएको र मेयर आफैले हस्तक्षेप गर्ने गरेको प्रति समेत आपत्ति जनाएका छन् ।

बिरोधको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्