बाग्लुङका एक वडाध्यक्ष ८६ केजी गाँजासहित पक्राउ



बाग्लुङ ,असार १२ । बाग्लुङ्का एक वडा अध्यक्ष गाँजासहित पक्राउ परेका छन । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुर्य बहादुर घर्तीलाई उनको घरबाट ८६ केजि ५०० ग्राम गाजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङकाका एसपी सारदा प्रसाद चौधरीले खबर पात्रोलाई जानकारी दिए ।

गोप्य सुचनाका आधारमा इलका प्रहरी कार्यालय बुर्तिबाङले आज बिहान पक्राउ गरेको हो ।घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

घर्ती नेपाली काङ्ग्रेस निकटका वडा अध्यक्ष रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्