शिवपुरी निकुञ्जभित्र ३० मिटर तल खसेका दुई बालकको सकुशल उद्धार
काठमाडौँ,बैशाख २ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र फसेका दुई बालकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
निकुञ्ज घुम्न जाने क्रममा चिप्लिएर करिब ३० मिटर तल खसेका ती बालक खोलाको ढुंगामा अड्किएर फसेका थिए । घटनापछि तत्काल उद्धारका लागि परिचालन गरिएको सेनाको टोलीले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।
नेपाली सेनाका अनुसार चन्दननाथ गण बाट खटिएको टोलीले कठिन भौगोलिक अवस्थाका बीच उद्धार कार्य सम्पन्न गरेको हो । उद्धार गरिएका दुवै बालक खोटाङ जिल्ला का बासिन्दा रहेको जनाइएको छ ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको जनाइएको छ ।

