नुवाकोटका कोरोना संक्रमित १७ जना कहाँ उपचाररत छन ?



नुवाकोट,असार १३ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । शुक्रबार वेलकोटगढी नगरपालिकाको ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएसँगै नुवाकोटमा कोरोना संक्रमीतको संख्या १७ पुगेको हो । उनि कुवेतबाट नेपाल आएका हुन।

काठमाडौस्थित टेकुमा उनको पिसिआर परिक्षण का क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। उनलाई अहिले काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेनस वार्डमा राखिएको छ ।

त्यस्तै नुवाकोटको त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा ४ जना, तादी गाउँपालिकाको खरानीटारमा ३ जना उपचाररत छन् । 

त्यस्तै नुवाकोटमा ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

नुवाकोटका संक्रमितको विवरण

प्रतिक्रिया दिनुहोस्