झोरका कृषकलाई टोखा कृषि शाखाको अनुदानमा मिनिटेलर प्रदान



झोरका कृषकलाई मिनिटेलर वितरण गरिदै

काठमाडौ,असार १३ । टोखा नगरपालिका वडा नम्बर १ झोरका कृषकलाई मिनिटेलर (ट्याक्टर) प्रदान गरिएको छ।

शुक्रबार एक कार्यक्रमका बीच टोखा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले कृषकलाई ट्याक्टर हस्तान्तरण गरेका हुन।

किसानका लागि कृषि क्षेत्रमा सहजताका लागि भन्दै कृषि शाखाले पचास प्रतिशत अनुदानमा उक्त कृषि सामग्री वितरण गरेको हो। ७० हजार बजार मुल्य रहेको ट्याक्टरको कृषकले नगरको अनुदानमा ३५ हजारमा प्राप्त गरेका छन् । मिलिटेलर (ट्याक्टर) प्राप्त गर्ने कृषकको संख्या ७ जना रहेको १ नम्बर वडा कार्यालयले जनाएको छ ।

कृषकलाई मिनिटेलर (ट्याक्टर) वितरण गर्नुहुदै वडा अध्यक्ष श्रीकृष्ण अधिकारी

यसअघि ३५ जना कृषकको माग रहेकोमा १२ जनाले ट्याक्टर प्राप्त गरेको वडाध्यक्ष अधिकारीले बताउनुभयो। उनका अनुसार व्यवसायिक कृषि पद्धतिका लागि मिनिटेलर अपरिहार्य रहेकाले आगामी दिनमा यसको सहुलियतका साथै सबै कृषकको पहुँचमा पुर्याउने लक्ष्य राखिएको बताए ।

राजधानी काठमाडौको टोखा झोर क्षेत्र पछिल्लो समय कृषि तथा तरकारीजन्य वस्तुको उत्पादन हुने प्रमुख थलोमध्ये एक थलोको रुपमा लिने गरिन्छ।

प्रतिक्रिया दिनुहोस्