विभिन्न जिल्लामा थप ४६३ जनामा कोरोना संक्रमण,कुल संख्या १२७७२



काठमाडौ,असार १४ । नेपालमा कोरोना संक्रमितको संख्या झण्डै १३ हजार पुगेको छ । बितेको २४ घन्टामा देशभर ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशैभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

संक्रमितमध्ये ३ हजार १३ जना उपचारपछि घर फर्किएका छन् भने २८ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्