भीरबाट लडेर वडा अध्यक्ष जोशीको मृत्यु



बझाङ,कात्तिक ६ । बझाङको बुङ्गल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५० वर्षीय जोशी गाउँमाथिको अठपाली भन्ने स्थानमा खर काट्न गएका बेला भीरबाट लडेर चट्टानमा बजारिएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका जोशीको उद्धारको तयारी भइरहेका बेला मृत्यु भएको हो। मृतकका आफन्त रामचन्द्र जोशीका अनुसार भीरबाट लडेर चट्टानमा बजारिँदा उनको कानबाट रगत बगेको थियो।

जोशी लगातार दुई कार्यकाल वडाध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट र २०७९ सालको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्