मोटरसाइकल दुर्घटनामा आमाछोराको ज्यान गयो



धनुषा,असार १७ । क्षिरेश्वरनाथ नगरपालिका–४ हरैयामा भएको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको ज्यान  गएको छ ।

मोटरसाइकल बुधबार साँझ दुर्घटना भएको हो। उक्त ज ३ प ७०४२ नम्बरको मोटरसाइकल महेन्द्रनगरबाट जनकपुर आउँदै गर्दा दुर्घटनामा परेको हो।मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–२० का अन्दाजी २८ वर्षीय नवीन शर्मा र पछाडी बसेकी उनकी आमा ५० वर्षीया धर्मादेवीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए ।

प्रतिक्रिया दिनुहोस्