फेसबुकमा लाइभ गर्दै युवतीले गरिन आत्महत्या



दाङ,असार १८ ।  दाङस्थित  तुलसीपुर उपमहानगरपालि ५ रानीजरुवा बस्दै आएकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा  लाइभ भिडियो गर्दै आत्महत्या गरेकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेकी हुन ।

‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर पत्ता लगाउन मुस्किल पर्‍यो, अबेर उनको घरमा पुग्दा उनको मृत्यु भैसकेको थियो ।’, उहाँले भन्नुभयो, ‘उनी माइतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै थिइन् ।’

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरी श्रोतले जनाएको छ । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्