आज शुक्रबार ७४० संक्रमित थपिए,कुल संख्या १५२५९



काठमाडौ, असार १९  । नेपालमा शुक्रबार (आज) ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै नेपालमा कुल संक्रमित संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

आज बानेश्वरका ८५ वर्षिय बृद्धको मृत्युभएसँगै हालसम्म संक्रमितमध्ये ३१ जनाको मृत्यु भइसकेको छ । देशको ७७ जिल्लामा संक्रमित पत्ता लागेका छन् ।

हालसम्म कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर ६ हजार १ सय ४३ जना घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्